चाडबाड आगमनसँगै अकासिएको सुनचाँदीको भाउ आज (बिहीबार) भने घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन भने प्रतितोला ७० हजार ४ सय रुपैयाँ तोकिएको छ ।
साताको दोस्रोदिन (सोमबार) देखि सुनको मूल्य स्थिर थियो । सोमबारदेखि बुधबारसम्म स्थिर सुन आज (बिहीबार) प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
सुनको भाउ घटेसँगै चाँदीको भाउ पनि घटेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (बुधबार) सम्म चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको थियो ।
आज सुन र चाँदीमा थोरै भए पनि भाउ घटदा उपभोक्तालाई राहत भएको छ । विश्व आर्थिक बजारमा सुन र तेलको मूल्यमा थपघट हुँदै आएको छ ।