तीजयता सुनचाँदीको भाउमा उतारचढाव आइरहेको छ । साताको पहिलो दिन आज (आइतबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ७० हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
यस्तै तेजाबी सुन प्रतितोला ६९ हजार ९ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदी भने प्रतितोला ८ सय ४० रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।
केही दिनयता सुनको मूल्य नयाँ रेडर्क बनाउँदै अघि बढेको थियो । आज अलिकति भए पनि भाउ घट्दा उपभोक्तालाई राहत भएको छ । विश्व आर्थिक बजारमा सुन र तेलको मूल्यमा थपघट हुँदै आएको छ ।