सुनको उपयोग धेरै छ र यो नै महँगो पदार्थ हो भन्ने धेरैलाई लाग्छ । तर, सुनभन्दा महँगा पदार्थ पनि छन् । यस्ता छन् सुनभन्दा महँगा पदार्थ ।
कोकिन
यो विषालु नशाले धेरै देशका युवालाई बर्बाद गराइसकेको छ । एक ग्राम कोकिनको मूल्य लगभग १२ हजार रुपैयाँ पर्छ ।
हेरोइन
यो संसारको दोस्रो खतरनाक नशा हो र यसको मूल्य लगभग २० हजार रुपैयाँ पर्छ ।
प्ल्याटिनम
आजकल मानिसहरूलाई प्ल्याटिनम खुब मन पर्छ । यसको एक ग्रामको मूल्य ५६ हजार रुपैयाँ हो । यसको उपयोग क्यान्सरका औषधिहरूमा हुन्छ । त्यसैले क्यान्सरका औषधि महँगो हुन्छन् ।
रोडियम
प्ल्याटिनम जस्तै यो धातु विलासी गाडीहरूको इन्जिन बनाउन प्रयोग हुन्छ । इन्जिनमा कार्बनले असर नपारोस् भनी यसको प्रयोग हुन्छ । त्यसैले गाडीहरूको भाउ महँगो बनाउने हो । एक ग्राम रोडियमको लगभग ८८ हजार रुपैयाँ पर्छ ।
प्लुटोनियम
प्लुटोनियमको प्रयोग परमाणु हतियार बनाउन गरिन्छ । वल्र्ड न्युक्लियर एसोसिएसनका अनुसार यो धातु २ प्रकारको हुन्छ । पहिलो हो वेपन्स ग्रेड अर्थात् हतियार अनि दोस्रो रियाक्टर ग्रेड । एक ग्राम प्लुटोनियमलाई ४ लाख ८० हजार रुपैयाँ पर्छ ।
हीरा
यसबारे धेरैलाई थाहा छ । १ क्यारेट अर्थात् ०.२ ग्रामको एक करोड २० लाखभन्दा बढी पर्छ ।
एलएसडी
यो पनि एक किसिमको ड्रग हो । महँगो यस ड्रगको १ ग्रामको करिब ६४ हजार रुपैयाँ पर्छ ।