Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, January 16, 2021 | शनिबार, माघ ३, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
परीक्षणको एक दशकमा पनि चुनढुङ्गा खानी सञ्चालन भएन
स्पेसखबर
स्पेसखबर वालिङ, २६ भदाै
परीक्षणको एक दशकमा पनि चुनढुङ्गा खानी सञ्चालन भएन

परीक्षण भएको एक दशक हुन लाग्दा पनि चुनढुङ्गा खानीको उत्खनन हुन सकेको छैन। स्याङ्जाकाे वालिङ नगरपालिका–११ स्थित गाजने, मानडाँडा र पहरेमा खानी तथा भू–गर्भ विभागले विसं २०६६ मा तीन महीना लगाएर खानी परीक्षण गर्दा ठूलो मात्रामा चुनढुङ्गा निकाल्न सकिने सम्भावना औल्याएको थियो।

तर परीक्षण गरेको एक दशक हुन लाग्दा पनि अझै सो खानीको उत्खनन हुन नसकेको सहयोग समितिका उपाध्यक्ष सूर्यप्रसाद पराजुलीले बताए। “विभागबाट आएको टोलीले तीन महीना लगाएर करीब २२० मिटरभित्रसम्म ड्रिलिङ गरेर परीक्षण गरेको थियो”, उपाध्यक्ष पराजुलीले भने, “खानी रहेको क्षेत्र वरपर रहेका बस्ती स्थानान्तरणका लागि सहयोग समिति गठन गरेर खानी विभागमा खानी सञ्चालनका लागि डेलिगेशन गयौँ, तर अझै उत्खननको काम शुरु हुनसकेको छैन।”

खानी सञ्चालनका लागि सहयोग गर्न ११ सदस्यीय सहयोग समिति र सात सदस्यीय जग्गा मूल्याङ्कन उपसमिति बनाइएको उपाध्यक्ष पराजुलीले बताए। “खानी क्षेत्र वरपर ७२ घरधुरी रहेका छन्। उनीहरु सबैको माग खानी छिटोभन्दा छिटो सञ्चालन होस् भन्ने छ”, उपाध्यक्ष पराजुलीले भने, “मूल्याङ्कन समितिको मूल्याङ्कनबाट उचित क्षतिपूर्ति दिएमा स्थानीयवासीले खानी सञ्चालनमा सहयोग गर्नेछन्।”

प्राकृतिक स्रोतको रुपमा रहेको चुनढुङ्गा उत्खनन गर्न खानी विभागले चासो देखाउनुपर्ने वडा नं ११ का वडाध्यक्ष वसन्तकुमार मल्लले बताए। “खानी उत्खनन् गर्न कि त विभागले चासो देखाउनुपर्‍यो, होइन भने स्थानीय सरकारलाई यसको जिम्मा दिनुपर्‍यो”, वडाध्यक्ष मल्लको भनाइ थियो। त्यसै खेर गइरहेका प्राकृतिक स्रोतको सही सदुपयोग गरी आर्थिक विकास गर्न सकिने र स्थानीयवासीले रोजगारी पनि प्राप्त गर्ने वडाध्यक्ष मल्लले बताए।

खानी सञ्चालनका लागि खानी तथा भू–गर्भ विभागले दुई-तीन पटक सूचना निकालेर प्रस्ताव माग गर्दा पनि कुनै पनि कम्पनी तथा व्यक्ति सम्पर्कमा नआएकाले ढिलाइ भएको खानी तथा भू–गर्भ विभागका सूचना अधिकारी इञ्जिनीयर कृष्णदेव झाले बताए। “खानी तथा भू–गर्भ विभागको टोलीले परीक्षण गरेको स्थानमा १० मिलियन टन चुनढुङ्गा उत्खनन गर्न सकिने देखिएको छ”, सूचना अधिकारी झाले भने, “गत माघमा निकालेको सूचनामा तीन प्रस्ताव परेका छन्, छनोट प्रक्रियामा रहेकाले अब छिट्टै नै सम्झौता भई काम सञ्चालन हुन्छ।”

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६, ०८:०५:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् -भारत भ्रमणले आपसी संवादको ढोका खाेल्याे
  • भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
  • कांग्रेस सरकारमा जादैन: महामन्त्री कोइराला
  • प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमै
  • बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत
  • बाबुराम भट्टराईको भविष्यबाणीः अबको प्रधानमन्त्री शेरबहादुर
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
ताेलामा ६०० ले बढ्यो सुनकाे मूल्य
ताेलामा ६०० ले बढ्यो सुनकाे मूल्य
सुनको मूल्य ताेलामा २३ सयले घट्याे
सुनको मूल्य ताेलामा २३ सयले घट्याे
एउटा बैंकको एटीएमले अर्को बैंकमा पैसा झिक्दा शुल्क लाग्ने
एउटा बैंकको एटीएमले अर्को बैंकमा पैसा झिक्दा शुल्क लाग्ने
सुनको मूल्य तोलामा  १३ सयले घट्यो
सुनको मूल्य तोलामा १३ सयले घट्यो
शर्मा एण्ड कम्पनी ५५ औ वर्षमा प्रवेश
शर्मा एण्ड कम्पनी ५५ औ वर्षमा प्रवेश
  • ताजा समाचार
  • ट्रेण्डिङ
परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् -भारत भ्रमणले आपसी संवादको ढोका खाेल्याे
परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् -भारत भ्रमणले आपसी संवादको ढोका खाेल्याे
भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
कांग्रेस सरकारमा जादैन:  महामन्त्री कोइराला
कांग्रेस सरकारमा जादैन: महामन्त्री कोइराला
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमै
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमै
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत
बाबुराम भट्टराईको भविष्यबाणीः अबको प्रधानमन्त्री शेरबहादुर
बाबुराम भट्टराईको भविष्यबाणीः अबको प्रधानमन्त्री शेरबहादुर
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाकाे सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाकाे सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने
संसद् विघटन नभएकाे भए पनि कांग्रेस निर्वाचनको तयारीमा जुट्थ्याे : निधि 1
संसद् विघटन नभएकाे भए पनि कांग्रेस निर्वाचनको तयारीमा जुट्थ्याे : निधि
उपसभापति निधि भन्छन् –कम्युनिष्टलाई सत्ता पचेन 2
उपसभापति निधि भन्छन् –कम्युनिष्टलाई सत्ता पचेन
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने 3
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण 4
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण
भारतीय च्यानलमा प्रधानमन्त्रीको नाटकीय अन्तर्बार्ताको पटाक्षेप भइसक्योः प्रचण्ड 5
भारतीय च्यानलमा प्रधानमन्त्रीको नाटकीय अन्तर्बार्ताको पटाक्षेप भइसक्योः प्रचण्ड
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP