नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २–२ रुपैयाँ घटाएको हो। नयाँ मूल्य अहिले मध्यान्ह १२ बजेबाट लागू भएको छ।
आजैदेखि पाइपलाइनबाट आपूर्ति सुरु हुन लागेको र अन्तर्राष्ट्रिय बजारमा पनि घटेका कारण पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ।