नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७१ हजार ५०० पुगेको छ। बिहीबार प्रतितोला १ हजार दुई सय रुपैंयाले बढेर भाउ आकाशिएको हो । यसैगरी तेजावी सुन प्रतितोला ७१ हजार २ सय पुगेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार हिजो प्रतितोला ७० हजार ३ सय रुपैयाँ थियो। गत सातादेखि नेपाली बजारमाा सुनको मूल्य निरन्तर बढेकोमा हिजो भने ७०० रुपैंया घटेको थियो।
सुनको मूल्य बढे पनि बजारमा कारोबार भने ज्यादै कम भएको व्यापारीहरुको भनाई छ।
पछिल्लो समय अमेरिका र चीनबीचको व्यापार युद्धको असर, इराक र अमेरीकाबीचको द्वन्द्व, व्यवसायीहरुबीचको द्वन्द्व र विश्व बजारमा सेयर बजार कमजोर भएको कारण सुनको मूल्य बढेको बताइएको छ।