‘चीनबाट सोझै कच्चा पदार्थ खरिद गरिए केही भारतमै बन्नेबाहेक धेरैजसो औषधिमा करिब ४० प्रतिशतसम्म सस्तो पर्नेछ,’ नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले भने, ‘कच्चा पदार्थ चीनबाट भारत जान्छ र त्यसैलाई हामी भारतबाट खरिद गरेर ल्याइरहेका छौं। चीनबाट सिधा ल्याउन सके औषधि अत्यधिक सस्तो हुनेछ।’
उनका अनुसार भारतको औषधि उद्योगसमेत ८७ प्रतिशत चीनकै कच्चा पदार्थमा निर्भर छन्। चीन ठूलो मात्रामा औषधिको कच्चा पदार्थ निर्यात गर्ने मुलुक हो। ‘चीनले थुप्रै मात्रामा औषधिको कच्चा पदार्थ भारतलाई निर्यात गर्छ,’ नेपाल फार्मेसी काउन्सिलका पूर्वअध्यक्ष एवं वरिष्ठ फर्मासिस्ट बाबुराम हुमागाईंले भने, ‘औषधि उत्पादनका लागि चाहिने कच्चा पदार्थको व्यवसाय गर्ने भारतमा छन्, नेपालमा छैनन्।’ कान्तिपुरमा खबर छ।