सुनको भाउ तीव्र रुपले बढ्दै जाँदा प्रतितोला ७० हजार नजिक पुगेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ६९ हजार ५ सय रुपियाँमा कारोबार भएको छ। मंगलबार प्रतितोला ६८ हजारमा कारोबार भएकोमा बुधबार एक हजार ५ सयले बढेर प्रतितोला ६९ हजार ५ सय पुगेको हो।
मंगलबार प्रतितोला २ सयले बढेको सुन आइतबार एकैदिन १५ सयले बढेको थियो। पछिल्लो समय सुनको भाउले हरेक दिन नयाँ रेकर्ड कायम गर्दै आएको छ। पछिल्लो एक सातामै प्रतितोला ४ हजार पाँच सय रुपैयाले सुनको मूल्य वृद्धि भएको छ।
महासंघका अनुसार सुनको मूल्य ह्वात्तै बढ्नुमा अमेरिकी फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाउनुसँग जोडिएको छ। गत साता अमेरिकी बैंकले आफ्ना ग्राहकलाई दिँदै आएको ब्याजदर ०.२५ प्रतिशतले घटाएको थियो। ब्याजदर घटेसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको हो।