नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै महंगो भएको छ। सोमबार प्रतितोला १ हजार ५ सयले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो।
आइतबार ५ सय बढेर ६६ हजार ३ सयमा कारोबार भएको प्रतितोला सुनको मूल्य सोमबार १५ सयले बढेर ६७ हजार ८ सय पुगेको छ।
शुक्रबार ६५ हजार ८ सयमा प्रतितोला सुनको कारोबार भएको थियो। पछिल्लो दुई दिनमै सुनको मूल्यमा प्रतितोला २ हजार बढेको छ। यसैगरी, तेजाबी सुन प्रतितोला ६६ हजार रुपैयाँ पुगेको छ।
विश्व बजारमा सुनको भाउ बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावले पारेको प्रभावका रूपमा लिइएको छ। अमेरिका, इरान, भारत र उत्तरकोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको हो।