एयरलाइन्सलाई बेइजिङ, संघाई, ह्लासा, ग्वाङझाउ, कुन्मिङ, छेन्द् र सिआनमा उठान भर्नुका साथै अन्य ८ वटा गन्तव्यमा आफैं स्वतन्त्रता दिएको हो।
वाइडबडीको अभाव र वायुसेवाको कमजोर व्यवस्थापनका कारण झन्डै एक दशकदेखि नेपाली विमानले चिनीयाँ आकाशमा फेरो लगाउन पाएका छैनन्।
यसैबीच, हाल चीन र नेपालबीच सातामा ७० वटासम्म उडान गर्न पाउने संख्यालाई ९८ पुर्याइएको छ। दुबै देशका वायुसेवा कम्पनीले सातामा अधिकतम ९८ वटा उडान भन्दा बढी गर्न पाउने छैनन्।
एउटा उडानमा २ सय सिट बराबर सम्झौता हुने भएकाले यो सम्झौताअनुसार, सातामा १९ हजार ६ सय हवाई यात्रु ओहोरदोहोर गर्न सक्ने छन्। कान्तिपुर दैनिकमा खबर छ।