किसानले उत्पादन गरेको तरकारी विक्रीमा समस्या देखिएपछि कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले शुक्रबार विहान सल्यानको कपुरकोटमा रहेको तरकारी बजारको अनुगमन गरेका छन्। कपुरकोटबाट बाहिरी जिल्लामा समेत तर तरकारी निर्यात हुने गरेको छ।
ट्रक ब्यवसायीको आन्दोलनका कारण तरकारी बोक्ने ठूलो गाडी कपुरकोट नआएको भन्ने खबर पाए लगतै उनी तरकारि बजार पुगेका हुन्। तरकारी ब्यापारिहरुले ट्रक ब्यवसायीहरुले अघोषित रुपमा आन्दोलन गरेर ट्रक संचालन नगर्दा आफुहरुलाइ तरकारी लैजान समस्या परेको बताएका थिए।
अध्यक्ष सेनले कुनै पनि कारणले गर्दा किसानले उत्पादन गरेको हरियो तरकारी ढुवानीमा अवरोध हुन नहुने भन्दै सम्बन्धित निकायहरुसँग समन्वय गरिरहेको जानकारी दिए।
उनले दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल संग सल्यानबाट जाने तरकारीका गाडीमा दाङ लगाएतका क्षेत्रमा अवरोध नगर्न आग्रह गरेको बताए। यस्तै राप्ती अंचल ट्रक समितिका उपाध्यक्ष बद्रुदिन राइनसंग पनि यसबारेमा छलफल भएको बताए।
तरकारी बजार स्थलमा ब्यापारिहरुलाई उनले कुनै पनि बहानामा किसानहरु मारमा पर्न नहुने बताएका थिए। उनले किसानहरुलाइ राम्रो मुल्यमा उत्पादिन वस्तु विक्री गर्ने र व्यापारिहरुलाइ सहज तरिकाले खरिद गर्न सक्ने वातावरण बनाउन आफु क्रियाशिल रहेको पनि उल्लेख गरे।