लामो समयदेखि सुस्ताएको शेयर बजारमा चालु आर्थिक वर्षको पहिलो दिन दोहोरो अंकले सुधार भएको छ। नेप्से सूचक १५.८५ अंकले बढेर १२७४.८६ अंकमा उक्लिएको छ।
बुधबार कारोबारको सुरु देखिनै सूचक बढेको थियो। नयाँ आर्थिक वर्ष लागेसँगै लगानीकर्ताको मनोबल बढेका कारण बजारमा सुधार आएको हो।
नयाँ आर्थिक वर्ष लागेसँगै तरलता सहज भएको अनुमान लगानीकर्ताले गरेको छन्। असार मसान्तमा ऋणको व्याजको कारण लगानीकर्ता दबाबमा थिए जसकारण बजार सुस्ताएको थियो। तर नयाँ आर्थिक वर्षले त्यस्ता समस्या समेत समाधान गरेको छ।
बुधबार १६६ कम्पनीका १२ लाख ६७ हजार कित्ता शेयर ३९ करोड रुपैयाँमा किनबेच भएको छ। सबैभन्दा बढी नेपाल बैंकको चार करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।