तानसेन नगरपालिकाले युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण दिन थालेको छ । वडा ८ का श्रवणकुमार लम्साललाई ५ लाख रुपैयाँको सहुलियत कर्जा प्रदान गर्न ‘अफर लेटर’ प्रदान गरेको हो । लम्सालले नेपाल बैंकबाट ५ लाख रुपैयाँ पाउनेछन् ।
नगरपालिकाप्रमुख अशोककुमार शाही र नेपाल बैंक पाल्पाका प्रबन्धक सुरज घिमिरेले संयुक्त हस्ताक्षर गरिएको ‘अफर लेटर’ पाएपछि युवाले सहुलियत ब्याजदरमा कर्जा पाउन थालेका हुन् । पाल्पा व्यापार संघ अध्यक्ष चिरञ्जीवी पोखरेलले ऋणीहरूलाई उदाहरणीय काम गरेर देखाउन आग्रह गरे ।