सरकारको स्वामित्वमा रहेका दुई सरकारी सिमेन्ट उद्योग बन्द भएका छन् । उदयपुर सिमेन्ट उद्योगको एपी फ्यान र हेटौंडा सिमेन्टको मुख्य मेसिनमा समस्या आएपछि बन्द भएका हुन् । दुवै उद्योगले महिनादिन यताबाट क्लिंकर उत्पादन गर्न सकेका छैनन् । हेटौंडा सिमेन्ट उद्योग पुरै ठप्प भएको छ । उदयपुर भने विद्युत् भोल्टेजको गडबडीले समस्याग्रस्त बनेको छ ।
बिग्रिएका मेसिन मर्मतका लागि पठाइएको दुवै उद्योग प्रशासनले जनाएको छ । उद्योगका अनुसार क्लिंकर उत्पादन बन्द भए पनि भकारीमा क्लिंकर मौज्दात रहेकाले बिक्री भने रोकिएको छैन । उद्योग बन्द भएसँग त्यहाँ कार्यरत कर्मचारी तथा मजदुरहरु फुर्सदिला भएका छन् ।