सरकारले आगामी एक दसकमा झन्डै तीन हजार किलोमिटर रेलमार्ग निर्माण गरी देशका प्रमुख सहरलाई जोड्ने योजना अगाडि सारेको छ।
राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिकोे बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रेलको भावी योजनाबारे विस्तृतमा जानकारी दिएका थिए।
मन्त्री महासेठका अनुसार सरकारले १० वर्षभित्र दुई हजार आठ सय किलोमिटर रेलमार्गद्वारा देशको प्रमुख सहरी भूभाग विद्युतीय रेल सेवाले जोड्ने लक्ष्य लिएको छ। उहाँले पूर्वपश्चिम रेलमार्गको ९४५ किलोमिटर डीपीआर तयार भइसकेको बताए।
त्यसै क्रममा बर्दिवास–निजगढको दुई सय किलोमिटरमध्ये ३५ किलोमिटरभन्दा बढीको ट्र्याक खोलिसकिएको र पुलहरूसमेत बनिसकेको जानकारी गराउनुभयो। समितिमा सांसदले उठाएका प्रश्नको जवाफमा मन्त्री महासेठले यस्ताे बताएकाे खबर गाेरखापत्र दैनिकमा छ।