पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आर्थिक वर्ष २०७६/७७ को बजेट अर्थमन्त्री डा. युवराज खतिवडाले डराएर ल्याएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बजेटमाथि धारणा राख्दै भट्टराईले यस्तो आरोप लगाएका हुन् । उनले वर्तमान बजेट संक्रमणकालिन अवस्थाको जस्तो बजेट आएको आरोप छ । उनले अहिलेको बजेट आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउने र विकास खर्च पनि बढाएर ल्याएको भए अर्थतन्त्रमा सही किसिमले प्रभाव पार्ने थियो भन्ने भट्टराईको भनाइ थियो ।
बजेटको संरचनामा कुनै पनि परिवर्तन नआएको उनको भनाइ छ । डा. भट्टराईले संविधान संशोधन गर्ने र मधेस तथा थारु आन्दोलनको छानबिन गर्नका लागि गठित सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वमा गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । डा. भट्टराईले भ्रष्टाचार नियन्त्रण गर्नबिग्रिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग खारेज गर्नुपर्ने बताए।
उनले अख्तियारको विकल्प खोज्नुपर्ने र वर्तमान अवस्थामा भएको कर्मचारीतन्त्रले विकासबजेट खर्चगर्न नसकेको कारण नयाँ स्वतन्त्र किसिमको कर्मचारीतन्त्रको सरचनाको विकास नगरेसम्म विकास बजेट समयमा खर्च हुन नसक्ने जिकिर गरे ।