नेपाली बजारमा सुनको मूल्य हवात्तै बढेको छ। आज एकै दिन तोलामा एक हजारले बृद्धि भई नयाँ रेकर्ड काम गरको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ६४ हजार रुपैयाँ पुगेको छ । हिजाे( बुधबार) यही सुन प्रतितोला ६३ हजार रुपैयाँमा कारोेबार भएको थियो ।
आजको मूल्य नेपाली सुन व्यवसायको इतिहासमा सबैभन्दा उच्च हो ।अन्तर्राष्ट्रिय कारणले सुनको मूल्य बृद्धि भएको व्यवसायीहरु बताउँछन् । दैनिक जसो सुनको भाउ घटबड हुने गरेको छ । आज बढेको यो भाउ अझै बढ्छ या घट्छ यो भने भोलिको बजारले निर्धारण गर्नेछ ।