सुर्खेतबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ। असार १ गतेदेखि सुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो।
काठमाण्डाैका लागि बिहान र साँझ दुईपटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु अभावका कारण उडान सुरु भएको एक हप्ता नहुँदै असार ६ गतेदेखि सन्ध्याकालीन उडान हटाउने भएको बुद्ध एयरका सुर्खेत इन्चार्ज अनिल पन्तले जानकारी दिए।
यसै हप्ताको शुक्रबारदेखि बुद्ध एयरको सुर्खेत–काठमाण्डाै सन्ध्याकालीन उडान हटाइने बुद्ध एयरका सुर्खेत इन्चार्ज पन्तले बताए। यात्रु अभावका कारण हटाउन बाध्य भएको उनकाे भनाई छ। अहिले दुई उडानमा काठमाण्डाै लागि ४० यात्रु बुद्ध एयरले पाउँदै आइरहेको छ। रासस