‘एडिबीले दोहोरो भुक्तानी गर्न नसक्ने स्पष्ट संकेत दिएको छ। उसले सबै निकायबीच समन्वय गराएर समस्या समाधान गर्न अर्थ मन्त्रालयलाई पत्र लेखेको छ। हामीले पनि मन्त्रालयलाई जानकारी गराएका छौँ।’ मेलम्ची खानेपानी आयोजना–२ कार्यान्वयन निर्देशनालय प्रमुख तिरेस खत्रीले भने। नयाँ पत्रिका दैनिकमा खबर छ।