छापावाल सुनको मूल्य आज (सोमबार) ३ सय रुपैयाँले घटेको छ ।
हिजो (आइतबार) प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेर ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । हिजो (आइतबार) प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज (सोमबार) प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।