श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले परीक्षाको केन्द्र तोकेको छ ।
रोजगारीका लागि कोरिया जाने नेपाली कामदारका लागि जेठ २५ र २६ गते हुने कोरियन भाषा परीक्षा (ईपीएस) का लागि ३२ वटा केन्द्र तोकिएको कार्यालयले जनाएको छ ।
ईपीएस कार्यालयले आज (आइतबार) परीक्षा केन्द्र तोक्दै सूचना जारी गरेको छ । सूचनामा कुन सिम्बोल नम्बरका परीक्षार्थीको सिट कुन केन्द्रमा परेको छ भन्ने पूर्ण विवरण छ । यसपटकको परीक्षा दुई चरण (सिफ्ट) मा गर्ने तयारी मिलाइएको छ । कार्यालयका अनुसार, बिहान ८ पहिलो सिफ्ट र दोस्रो सिफ्ट साढे ११ देखि हुनेछ ।
कार्यालयका अनुसार आवेदन दिनेमध्ये ७७ हजार ३ सय ९३ पुरुष र १४ हजार ९ सय ८३ महिला छन् ।
हेर्नुहोस् परीक्षा केन्द्र र परीक्षार्थीको सिम्बोल नम्बर