१० महिनाको अवधिमा ११ खर्ब ७८ अर्ब १३ करोडको आयात भएको थियो । ७८ अर्ब ५३ करोड रुपैयाँको निर्यात भएको छ । कृषि उत्पादन वृद्धि हुँदा घाटा कम गर्न केही मद्दत हुन सक्ने जानकार बताउँछन् । मुख्य बाली मानिएको धान, मकै, गहुँदेखि तेल अर्बौं रुपैयाँको आयात भएको छ ।
‘कृषि उत्पादन क्षेत्र वृद्धि नभएसम्म घाटा कम गर्न सम्भव नै हुँदैन । कृषि उत्पादन बढाउन मल, बीउदेखि सिँचाइको सहज उपलब्धता चाहिन्छ,’ पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले भने, ‘तर विडम्बना किसानले मल, बीउ सहज रूपमा कहिल्यै पाएनन् ।’
समयमै मल, बीउ नहुँदा उत्पादनमा वृद्धि हुँदैन । उत्पादन वृद्धि नहुँदा अधिकांश किसानले खेती गर्न छाडेका छन् । जसले गर्दा कृषिजन्य वस्तुमा समेत परनिर्भरता बढ्दै गएको छ ।’
कृषि क्षेत्रको सुधारका लागि जोन/सुपर जोन तोकेर व्यवस्थित गर्दै लैजानुपर्ने ओझाले बताए । हाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न जिल्लामा जोन/सुपरजोन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कान्तिपुरमा खबर छ।