छापावाल सुनको मूल्य आज (बिहीबार) २ सय रुपैयाँले घटेको छ ।
हिजो (बुधबार) तोलामा ५९ हजार ४ सयमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर तोलामा ५९ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजाबी सुन तोलामा ५८ हजार ९ सयमा कारोबार भइरहेको छ । चाँदी भने तोलामा ७ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी भने ५ रुपैयाँले घटेको छ । बुधबार चाँदी तोलामा ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।