छापावाल सुनको मूल्य आज (बुधाबार) घटेको छ ।
हिजो (मंगलबार) तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ४ सयले घटेर ६० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदीको भाउ भने स्थिर छ । बुधबार तोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको भाउ मंगलबार पनि यही रहेको महासंघले जनाएको छ ।