सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँ बढेको छ । तोलाको ६१ हजार रुपैयाँमा आज कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार स्थिर रहँदै तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँ बढेको हो ।
भारतीय रुपैयाँ कमजोर भएको तथा चीनले अमेरिकी सामानमा कर बढाएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको महासंघले जनाएको छ । यसको प्रभावले नेपाली बजारमा भाउ उकालिएको हो । यस्तै चाँदी मंगलबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।