बीबीसी । महँगीले पाकिस्तानमा दूध प्रतिलिटर १८० रुपैयाँ (नेपाली २८८ रूपैयाँ) सम्म पुगेको दैनिक हिन्दुस्तानलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
समाचारमा जनाइएअनुसार दैनिक उपभोग्य सामग्रीको मूल्य पनि पाकिस्तानमा आकाशछुने गरी बढिरहेको छ । तरकारी तथा पेट्रोल र डिजेलको मूल्य यसअघि नै बढेकोमा अहिले दूधको मूल्य पनि बढेको हो ।
कराँची डेरी फार्म एसोसिएसनले पछिल्लोपटक दूधको मूल्य एकैपटक २३ रुपैयाँ बढाएको हो । पशुलाई खुवाउने चारा र इन्धनको मूल्य बढेकाले दूधको मूल्य पनि बढाउनुपरेको एसोसिएसनको दाबी छ ।