रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइ अनि परिवारको सुरक्षा सँगसँगै’भन्ने नाराका साथ सेवाग्राहीका लागि दुर्घटना जीवनबीमा योजना ल्याएको छ।
यो योजना अन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत परिवारका सदस्य वा अन्य ब्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउनेले भुक्तानी पाएको दिनदेखि रु. ५ लाखको १ बर्षे दुर्घटना जीवनबीमा हुनेछ।
क्योदाइ रेमिट्यान्स् आइएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस पोइन्ट दिइनेछ। दुर्घटना जीवनबीमा योजना ४० वा सो भन्दा बढी बोनस पोइन्ट हुने सेवाग्राहीमा लागु हुनेछ।
सोही अनुसार जनवरीमा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिनेमध्येबाट २,१३७ जनाको प्रतिव्यक्ति रु. पाँच लाखको १ बर्षे दुर्घटना जीवन बीमा गरिएको जनाइएको छ।