आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ।
सम्झौतापछि बैंकका ग्राहकले देशभरका मुक्तिनाथ बैंकका शाखामार्फत इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवा पाउनेछन्। सो सम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले यसबाट दुवै संस्थाका ग्राहकले सहज र सुलभ रुपमा सेवा पाउन सक्ने बिश्वास व्यक्त गरे।
आईएमई इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले इन्स्योरेन्ससंगको संझौतापछि बैंकका ग्राहकले आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा पाउन सक्ने बताए।