आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा शाखाकार्यालय विस्तार गरेको छ।
दुबै शाखा कार्यालयको उद्घाटन सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले न्यून आय भएका शहरी तथा ग्रामीण भेगका मानिसहरुको जीवनबीमामा पहुँच पु¥याई नेपालमा जीवनबीमा बिस्तार गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको बताए।
कम्पनीले ६९ शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका १० वटा बीमा योजना ल्याएको छ।