‘आईएमई डिजिटल’ र जनता बैंक नेपाल लिमिटेड बीच ‘आईएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्झौता भएको छ।
आईएमई ग्रुपले प्रवर्धन गरेकाे आईएमई डिजिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार जनता बैंक नेपाल लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ। सम्झाैतापछि जनता बैंकका सेवाग्राहीहले आईएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने तथा बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन्।
जनता बैंक नेपालका सेवाग्राहीहरुले ‘आईएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ।