भोल्क्सवागेनको नयाँ मोडलको गाडी ‘पोलो’ नेपाली बजारमा भित्रिएको छ।
भोल्क्सवागेनको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल नेपाल प्रालि.ले नयाँ मोडलको गाडी ‘पोलो’ नेपाली बजारमा पनि भित्रयाएको हो।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको नयाँ मोडलको पोलो गाडी इन्धन बचतमा कोशेढुंगो सावित हुने दावी गरिएको छ।
गाडीको बजार मूल्य २६ लाख ९५ हजार रहने कम्पनीले जनाएको छ। दशैं–तिहारको अवसर पारेर गाडीको विक्रीमा विशेष छुटको व्यवस्था पनि गरिएको छ। गाडी बुक गर्ने प्रथम सय जना ग्राहकले २५ लाख ५० हजारमा गाडी पाउने लगायतको विशेष व्यवस्था गरिएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विबेक विजुक्छेले विश्व बजारमै चर्चा कमाएको भोल्क्सवागेनको नयाँ मोडलको सो पोलो गाडी टिकाउ र भरपर्दो रहेको दावी गरे। यो कम्पनीको नेपालमा हाल ९ वटा सर्भिस स्टेशन रहेका छन्।