मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर आफ्ना उपभोक्तालाई लक्षित गरी चाँदीको झिलिमिली नामक आकर्षक योजना ल्याएको छ।
यस योजना अन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै पाउनेछन्। यो योजना आगामी कात्तिक १६गते सम्मका लागि नेपालभर लागू गरिएको मारुती सिमेन्टले जनाएको छ।
नेपालकै उत्कृष्ट मानिएको मारुती सिमेन्ट उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुङ्गा खानीबाट अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक रोटरी टेक्नोलोजीको ग्रिनफिल्ड प्लान्टद्धारा उत्पादन गरिएको आइएसओ प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त सिमेन्ट हो।