आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सिर्जना फाइनान्सबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख ार्यकारी अधिकृत भवानीशंकर चापागाईं र आईएमई मोटर्सका तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले सिर्जना फाइनान्सबाट ७० प्रतिशतसम्मको कर्जा सुविधा पाउनेछन्।
यसैगरी ग्राहकले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनमा कर्जा सुविधा पाउनेछन्।
यसबाट ग्राहकलाई कर्जा सुविधा सहज हुने बिश्वास गरिएको छ। कर्जा सुविधामात्र नभई दुवै कम्पनीबीच अन्य क्षेत्रमा पनि सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको छ।