नविल बैंकले एकै पटक १२ वटा शाखा संचालनमा ल्याएको छ । नविल बैंकले मंगलबारबाट कर्णाली प्रदेश तथा प्रदेश ७ र प्रदेश ५ का विभिन्न गाउँपालिकाहरुमा १२ वटा शाखा आजैबाट कारोबार शुरु हुनेगरी संचालनमा ल्याएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा अनलाईनमार्फत् १२ वटा शाखाको उद्घाटन गरेका थिए । कर्णाली प्रदेशमा ५, प्रदेश ५ मा १ र प्रदेश ७ मा ६ वटा नबिल बैंकका शाखाहरु संचालन गरिएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार एकै पटक १२ वटा शाखा संचालनमा ल्याइएको जानकारी दिए । सबै शाखामा आजैबाट कारोबार पनि सुरु गरिएको पनि बताए ।
१२ वटा शाखा थप भएसँगै नविक बैंकको देशभर ७४ वटा शाखा संचालनमा आएको छ । १ सय १५ वटा एटिएमहरुको संरचना र १ हजार ५ सय भन्दाबढि नबिल रेमिट एजेन्टको प्रभावकारी परिचालनमार्फत् सेवाग्राहीलाई थप सन्तुष्टि प्रदान गर्ने बैंकले दावी गरेको छ ।
बैंकले स्थानीय तहमा संचालन गरिएका शाखाहरुको सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।