आइएमई पे र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रमवीच आइएमई पे का तर्फबाट संचालक खिलेन्द्र पौडेल र आइसीएफसी फाइनान्सका तर्फबाट सामान्य सेवा विभाग प्रमुख संजय थपलियाले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
यो संझौतापछि आइसीएफसी फाइनान्सका खातावाहक सेवाग्राहीले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाको भुक्तानी गर्न सक्नेछन्।