आइएमई पे र मुक्तिनाथ विकास बैंकबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आइएमई पे का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
यसबाट बैंकका खातावाहक सेवाग्राहीले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाको भुक्तानी गर्न सक्ने आइएमइले जनाएको छ।