नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमई १९औं वर्षमा प्रवेश गरेको छ।
१९औं वार्षिकोत्सव सशक्तिकरणको भन्ने मूल नाराका साथ मनाउन लागिएको वार्षिकोत्सवको अवसर पारेर पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम गरियो।
कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल सहित ७० जना कर्मचारीले रक्तदान गरेका छन्।
वार्षिकोत्सवको अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले एक बिज्ञप्ति निकाली यसबीभमा सबैबाट प्राप्त सहयोग र सद्भावलाई आफूहरुले सदैव मार्गदर्शनको रुपमा लिएको बताएका छन्।
स्थापनादेखि नै रेमिटेन्स सेवालाई हरेक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व कम्पनीले शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय १ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव १० हजार सवएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीले कमाएको रकम आफन्तको हातमा पु¥याउँदै आएको छ।
आइएमईले सन् २००१ मा मलेसियाबाट सेवा शुरु गरेको थियो।