आइएमई लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ।
सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि सर्वसाधारण तथा बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी पाउन सक्नेछन्।
आइएमई इन्स्योरेन्सले हाल ७६ शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ।