भारतको चन्दीगढ रोड हरियाणामा रहेको ओम स्टर्लिङ ग्लोबल युनिभर्सिटीले नेपाली विद्यार्थीहरूलाई विशेष छात्रावृत्ति दिने घोषणा गरेको छ ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयले यस्तो घोषणा गरेको हो । स्थापनाको पहिलो वर्षमै विश्वविद्यालयले विद्यार्थीहरूको मन जित्न सफल भएको दाबी गरिएको छ । अहिले विश्वविद्यालयमा प्यारामेडिकल, बिएस्सी अप्टोमेट्री, रेडियोग्राफी, रेडियोथेरापी, अपरेसन थिएटर, मेडिकल ल्याब टेक्नोलोजी, बी. फार्मेसी, बी. फिजियोथेरापी, इन्जिनियरिङ, आर्किटेक्चर (बी.टेक र एम.टेक) र व्यवस्थापन (बीबीए र एमबीए), हेल्थ एसिस्टेन्ट, बिएस्सी एग्रिकल्चरलगायत अध्यापन गराइन्छ ।
नेपालबाट ५० बढी विद्यार्थी अध्ययनरत रहेको विश्विद्यालयका चान्सलर डा. पुनित गोयल बताउँछन् । विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउनेलाई विशेष छात्रावृत्ति पनि दिइँदै आएको गोयलले जानकारी दिए ।
पत्रकार सम्मेलनमा विश्वविद्यालयका भाइस चान्सलर डा. देवेन्द्र पाठकले आफूहरूले विश्वस्तरीय अध्यापन गराउँदै आएको दाबी गरे । उनले भने, ‘हाम्रो विश्वविद्यालय व्यावसायिक छ । स्मार्ट छ । अत्याधुनिक प्रविधि छ । नेपाली विद्यार्थीलाई सुहाउँदा विषयका डिजाइन गरेका छौं ।’