आइएमई लाइफ इन्स्योरेन्स र सनराइज बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ।
सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि सर्वसाधारण तथा बैंकका ग्राहकले सनराइज बैंकको कुनै पनि शाखाबाट छिटो र सहज जीवनबीमा गराउनका साथै त्यससम्बन्धी जानकारी पाउन सक्नेछन्।