नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेड पव्लिक कम्पनीमा परिणत भएपछिको तेस्रो वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ।
कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतमा सम्पन्न साधारण सभाले कम्पनीले सर्वसाधारण शेयरधनीमा शेयर निष्काशन गरेको करिव २ महिनाभित्रै सर्वसाधारण शेयरधनीले समेत पाउने गरी १५ प्रतिशत (कर बाहेक) का दरले हुन आउने रु ६९ करोड ४७ लाख ३८ हजार नगद लाभाँश वाँडफाँड गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीले समान उद्धेश्य भएका अन्य कम्पनी वा संस्था प्राप्ती गर्ने,उत्पादन क्षमता अभिवृद्धि गर्ने उत्पादन विविधिकरण गर्ने र उपयुक्त अन्य कम्पनीको शेयर खरिद गरी थप उद्योग स्थापना गर्ने लगायतका आवश्यक कार्यहरु अगाडि बढाउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ।
यसका साथै सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्दै श्रीमती अलका गोयल संचालकमा निर्विरोध निर्वाचित भएकी छन्।