आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबीच आइजीआई विद्याथी बीमालेख मार्फत सेवा लिनेदिने सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार सहकारी संस्थामा निश्चित रकम राखी खाता संचालन गर्ने सदस्य विद्यार्थीलाई बीमा सेवा प्रदान गरिनेछ। उक्त सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सहकारीका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका छन्।
सो अवसरमा इन्स्योरेन्सका सीइओ श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफना विद्यार्थी ग्राहकको व्यक्तिगत दुर्घटना, औषधोपचार तथा मासिक शुल्कका साथै तिनका आमा वा बुबाको दुर्घटना बीमा समेतको रक्षावरण गर्ने जानकारी गराए।
सहकारीका अध्यक्ष तिमल्सिनाले आफ्नो संस्थासंग आवद्ध विद्यार्थीलाई निशुल्क यस्तो सेवा दिन पाउँदा खुशी लागेको बताए।