‘रेशम फिलीली’ फिल्ममा समावेश ‘पारी त्यो डाँडामा’ बोलको गीतका रचनाकार र ‘भाइरल भइदियो’ गीतका गायक मानस राजको नयाँ गीत सार्वजनिक भएको छ। 'जे पर्ला पर्ला' बोलको गीतमा मानस स्वयंको गायन, शब्द र संगीत छ। गीतलाई नरेन्द्र वियोगीले एरेञ्ज गरेका छन्।
डिआइडीका सेमिफाइनलिस्ट सुजन मार्पा तामाङ ग्रुपका कलाकारहरु फिचर्ड गीतलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने रिक्की कर्माचार्यको सम्पादन छ। गीतको भिडियोको कन्सेप्ट र निर्देशन सुजन मार्पा तामाङको हो। गायक मासन राज पनि भिडियोमा केमियो भूमिकामा छन्।
आफ्नो अघिल्ला गीतझैं ‘जे पर्ला पर्ला'लाई पनि दर्शक/स्रोताले माया गर्नेमा गायक मानस विश्वस्त छन्। गीतको भिडियोमा सुजन मार्पा तामाङ ग्रुपका मानषी तामाङ, सुनिल मार्पा तामाङ, सञ्जिव तामाङ, देवराज रोकाय, प्रेम कुमार मगर, चाँदनी लिम्बु, निकिता लिम्बु, आकृती राई र पुष्प गुरुङ फिचर्ड छन्।
भिडियाे हेर्नुस्: