कालीप्रसाद रिजालका सम्झना
०३२ सालमा लोकसेवा आयोग पास गरेर सूचना विभागको निर्देशकका रुपमा काम गर्न थालेको थिएँ । त्यतिबेला नारायण गोपाल चर्चित भइसकेका थिए । एकदिन उनी आफ्ना सहयोगीसहित मेरो कार्यकक्षमा आए । त्यसदिन मैले लेखेको कविताका विषयमा चर्चा–परिचर्चा भयो ।
त्यसपछि मेरो र नारायणगोपालबीचको भेट बाक्लियो । भेटमा राजनीतिदेखि साहित्यका कुरा हुन्थे । एकदिन नारायणले भन्नुभयो– तपाईं गीत लेख्नुस्, म गाउँछु ।’ अनि मैले २० वर्ष भइसक्यो नलेखेको, गा¥है होला भनें । अनि उहाँले ‘तपाईं गीत लेख्न सक्नुहुन्छ, म गाउँछु’ भन्नुभयो । उहाँले सायद मभित्र गीतको प्रतिभा देख्नुभयो क्यारे । लेख्न कर गर्नुभयो । अनि, ‘अर्को हप्ता आउछु, गीत तयार राख्नु, म हिडे’ भनेर हिड्नुभयो ।
नभन्दै एक सातापछि नारायण गोपाल आफ्नै शैलीमा सुसेल्दै मेरो कोठामा छिर्नुभयो । छिर्नेबित्तिकै प्रश्न गर्नुभयो– मैले भनेको गीत के भो ? मैले हिच्किचाउँदै कोटको खल्तीबाट २ गीत निकालेर दिएँ । त्यसको एक हप्तासम्म हामीबीच कुनै सम्पर्क भएन । एक हप्तापछि नारायण आएर एउटा टेप दिनुभयो ।
(नारायण गोपालबारेको वरिष्ठ गीतकार कालीप्रसाद रिजालका सम्झना यो अन्तर्वार्तामा १४ मिनेटपछि हेर्नुहोला)
रत्नशमसेर थापाका सम्झना
नारायण गोपालबारे अर्का वरिष्ठ गीतकार रत्नशमसेर थापाका सम्झना हेर्नुहोस् यो अन्तर्वार्तामा ५ मिनेटपछि ।