हलिउडका प्रसिद्ध अभिनेता मोगार्न फ्रिम्यान यतिखेर नेशनल ज्योग्राफिक च्यानलको टीभी सिरिज ‘स्टोरी अफ गड’ को सुटिङका लागि काठमाडौंमा छन्।
उनले दौरा सुरुवाल टोपी लगाएर काठमाडौंका साँस्कृतिक सम्पदाको भ्रमण गरेको तस्बिर काठमाडौस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको छ । उक्त टीभी श्रृंखला काठमाडौंको कमलपोखरीस्थित जैन मन्दिरलगायतका विभिन्न स्थानका मन्दिरहरुमा सुटिङ गरिएको थियो ।