नेपाल टेलिभिजनमा सोमबारदेखि प्रशारणमा आएको मुन्द्रेको 'कमेडी क्लब' यु ट्युबको ट्रेन्डिङकाे १ नम्बरमा अाइपुगकाे छ।
हरेक हप्ताको सोमबार राति ८ः५० बजे प्रशारण हुने उक्त शोको पहिलो एपिसोडनै ट्रेन्डिङमा आएको हो ।
साेमबार राति कार्यक्रम सकिए पछि यु ट्युबमा राखिएकाे पुरा एपिसाेड अहिले सम्म ४ लाखले हेरिसकेका छन् । विदेशी कमेडी शाेमा बानी परेका नेपालीहरूका लागि याे कार्यक्रम नयाँ र स्वादिलाे खुराका भएकाे कार्यक्रम जितु नेपालले बताए । जितुले यसअघि नेपाल टेलिभिजनबाटै प्रशारण हुने जिरे खुर्सानीमा मुन्द्रेकाे भूमिका निर्वाह गर्दा चर्चित भएका थिए ।
जिरे खुर्सानी पछि उनी चलचित्र क्षेत्रमा लागे पनि सानो पर्दामा फर्कन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । अागामी दिनमा नयाँ नयाँ किसिमका खुराक लिएर नेपाली दर्शक माझ अाउने जितुले बताएका छन् ।
पहिलो एपिसोडमा छक्का पञ्जा ३ का नायक तथा प्रोड्युसर दीपकराज गिरिलाई प्रस्तुत गरेको कमेडी क्लबको अध्यक्षको रुपमा दीपाश्री निरौला रहेकी छिन् ।यसैगरी राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेश राईको अभिनय देख्न पाइने छ । दाेस्राे एपिसाेडमा अर्का ख्यातीप्राप्त कलाकार केदार घिमिरे माग्ने बुढालार्इ ल्याउन तयारी गरिएकाे जनाइएकाे छ।