Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, February 05, 2023 | आइतबार, माघ २२, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
कला
  • गृहपृष्ठ
  • कला
'महापुरूष'ले एक महिनामा १० करोड कमायाे
स्पेसखबर
स्पेसखबर काठमाडाैं,१२ मंसिर
'महापुरूष'ले एक महिनामा १० करोड कमायाे

 

कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए ।
 
हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा समेत यसको विकल्प खोजियो । तर, नेपालमा यसले सफलता पाउन सकेन । हलमै फिल्मको व्यापार राम्रो देखियो ।
 
प्रायः एकवर्षमा दशभन्दा कम फिल्मले हलबाटै मुनाफा कमाउने गरेको तथ्याङ्क छ । यद्यपि यसैवर्ष मङ्सिरसम्म कबड्डी ४, झिँगेदाउ, प्रेम गीत ३, के घर के डेरा, दुई नम्बरी र महापुरूषले हलबाटै मुनाफा कमाएका छन् । आइतबार फिल्म ‘महापुरूष’ युनिटले पत्रकार सम्मेलन गर्दै प्रदर्शनको चौथो साता पूरा गर्दा दश करोड बढी ग्रस कलेक्सन गरेको जानकारी दिएका छन् ।
 
“हामीले पहिलो साता पाएको शो सङ्ख्यामा खासै परिवर्तन आएको छैन । हामीले पाएको शोहरू मल्टिप्लेक्समा अझैँ भरिभराउ छन्”, निर्माता दीपेश खत्रीले भने, “फिल्म हेर्न परिवार नै आइरहनु भएको छ । यसैले फिल्मको व्यापार राम्रो भइरहेको छ ।” यसवर्ष कबड्डी ४ र प्रेम गीत ३ पछि १० करोड ग्रस गर्ने यो तेस्रो चलचित्र बनेको छ । नेपाली चलचित्रले हलमै यत्तिको व्यवसाय गर्नुलाई ‘ब्लकबस्टर’ मानिन्छ ।
 
निर्माता खत्रीका अनुसार फिल्मले पहिलो साता उपत्यका अन्तर्गतको हलमा तीन करोड छ लाख ६५ हजार र उपत्यका बाहिरका हलमा एक करोड पचास लाख १२ हजार, दोस्रो सातामा उपत्यकामा एक करोड ८९ लाख एक हजार र बाहिर ९४ लाख १७ हजार, तेस्रो सातामा उपत्यकामा ९६ लाख तीन हजार र बाहिर ४५ लाख सात हजार तथा चौँथो सातामा उपत्यकामा ८७ लाख सात हजार र मोफसलमा ३९ लाख आठ हजारको व्यापार गरेको छ ।
 
“फिल्म व्यापारमा केन्द्रित नभइ आफ्नै मौलिक कथा भन्नुपर्छ भन्ने लागेर यो विषयलाई ठूलो पर्दासम्म ल्याएका हौँ । यसले गरेको व्यापारले आगामी दिनमा गहन विषयलाई उठाउन हौसला मिलेको छ”, लेखकसँगै निर्देशकसमेत रहेका प्रदीप भट्टराईले भने, “यो एक्लोपनको कथा हो । मैले वा धेरै सन्तानले आफ्नो अभिभावकसँग भन्न नसकेका कुराहरू फिल्मले भन्छ ।”
 
स्वदेशमा मात्र नभइ विदेशमा समेत यो चलचित्रले राम्रो दर्शक पाइरहेको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए । “नेपालसँगै अमेरिका, क्यानाडा, अष्ट्रेलियामा प्रदर्शन भइरहेको छ, अमेरिकामा यसले ५१औँ दिन मनाउने सम्भावना छ”, कार्यकारी निर्माता बानियाँले भने,“व्यापारसँगै नेपाली फिल्मको बजार विस्तारसमेत भइरहेको छ ।”
 
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा छन् ।
 
आदर्शनगरमा बसोबास गर्ने अवकासप्राप्त शिक्षकमार्फत् पिता र एकल पुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत् समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९, ०३:०८:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  •  राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहनेबारे निर्णय लिने
  • एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन
  • रास्वपाकाे बैठकमा प्रधानमन्त्रीकाे नयाँ प्रस्तावबारे छलफल
  • राष्ट्रिय सभाको उपाध्यक्षकाे मनोनयन दर्ता आइतबार , कांग्रेसले उम्मेदवारी दिने
  • 'सरकार बनाएका दलहरुमा नैतिकता देखिएन'
  • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दिएकाे दुई दिने अल्टिमेटम सकियाे
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
अभिनेता शाहलाई तनहुँ अदालतबाट सफाइ
अभिनेता शाहलाई तनहुँ अदालतबाट सफाइ
चलचित्रमा पुनरागमन गर्दै नायिका थापा
चलचित्रमा पुनरागमन गर्दै नायिका थापा
फरक भूमिका रूचाउने विपीन
फरक भूमिका रूचाउने विपीन
‘महापुरुष’ एक्काउनौँ  दिनमा
‘महापुरुष’ एक्काउनौँ दिनमा
‘हरेक फिल्ममा उस्तै सङ्घर्ष हुन्छ’
‘हरेक फिल्ममा उस्तै सङ्घर्ष हुन्छ’
पश्चिम एसिया बुझ्ने पुस्तकः इजिप्ट अन्टिल डेमोक्रेसी
पश्चिम एसिया बुझ्ने पुस्तकः इजिप्ट अन्टिल डेमोक्रेसी
  • ताजा समाचार
  • ट्रेण्डिङ
 राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहनेबारे निर्णय लिने
 राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहनेबारे निर्णय लिने
पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन
पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन
एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन
एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन
रास्वपाकाे बैठकमा प्रधानमन्त्रीकाे नयाँ प्रस्तावबारे  छलफल
रास्वपाकाे बैठकमा प्रधानमन्त्रीकाे नयाँ प्रस्तावबारे छलफल
राष्ट्रिय सभाको उपाध्यक्षकाे मनोनयन दर्ता आइतबार , कांग्रेसले उम्मेदवारी दिने
राष्ट्रिय सभाको उपाध्यक्षकाे मनोनयन दर्ता आइतबार , कांग्रेसले उम्मेदवारी दिने
'सरकार बनाएका दलहरुमा नैतिकता देखिएन'
'सरकार बनाएका दलहरुमा नैतिकता देखिएन'
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दिएकाे दुई दिने अल्टिमेटम सकियाे
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दिएकाे दुई दिने अल्टिमेटम सकियाे
उचित मूल्य नपाएको भन्दै चितवनका किसानले फाले सडकमा तरकारी
उचित मूल्य नपाएको भन्दै चितवनका किसानले फाले सडकमा तरकारी
गलेश्वरधामबाट ल्याइएका देवशीला जनकपुरबाट अयोध्यातर्फ प्रस्थान 1
गलेश्वरधामबाट ल्याइएका देवशीला जनकपुरबाट अयोध्यातर्फ प्रस्थान
फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिकाे निर्वाचन हुने 2
फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिकाे निर्वाचन हुने
एमाले अध्यक्ष ओली भन्छन्, 'गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्छ, पूर्णपाठ किन चाहियाे?' 3
एमाले अध्यक्ष ओली भन्छन्, 'गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्छ, पूर्णपाठ किन चाहियाे?'
'म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्रै हो' 4
'म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्रै हो'
प्रधानमन्त्रीले रास्वपालाई गृह मन्त्रालय दिन खाेजेनन्,आफैंसँग राख्ने 5
प्रधानमन्त्रीले रास्वपालाई गृह मन्त्रालय दिन खाेजेनन्,आफैंसँग राख्ने
सूचना - प्रविधि थप
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
नास्टले बनायो विद्युतीय स्कुटर
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP