चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।उनको योग्यता नपुग्ने भन्दै नरेश पौडेललगायतले नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका हुन् ।सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार उक्त रिटमाथि साउन ३० गते प्रारम्भिक सुनुवाइ हुनेछ ।
केसीलाई गत साउन ९ गतेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।नरेश पौडेललगायतले उनको शैक्षिक योग्यता नपुग्ने भन्दै नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका हुन् ।
अध्यक्ष पदका लागि केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीकाे नाम सूचीमा थियाे । तर सरकारले १० जनाको सूचीबाट केसीलाई नियुक्त गरेको थियो ।