बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाहलाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ ।
धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखराका न्यायाधीश उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।
शाहको पक्षबाट तीन र पीडितको पक्षबाट एक जना वकिलले बहस गरेका थिए । पलका म्यानेजर कृष्ण जोशीलाई पनि जिल्ला अदालतकै फैसला अनुसार कार्यान्वयन गराउन उच्च अदालतले फैसला गरेको छ। जोशी एक लाख धरौटीमा छुटेका थिए ।