Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Thursday, May 19, 2022 | बिहीबार, जेठ ५, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
कला
  • गृहपृष्ठ
  • कला
फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र विकास समेटिएको पुस्तक लोकार्पण
स्पेसखबर
स्पेसखबर काठमाडौं, ४ वैशाख
फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र विकास समेटिएको पुस्तक लोकार्पण

काठमाडौंको उत्तरी भेगमा अवस्थित फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्न पक्षलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको छ ।

झण्डै दुई दशकदेखि सामाजिक विकास र सञ्चार क्षेत्रमा क्रियाशील श्रीराम फुटुङ्गेले लेख्नुभएको फुटुङ्गः इतिहास, संस्कृति र विकास नामक पुस्तक फुटुङ्गमै आयोजित कार्यक्रमबीच सार्वजनिक गरिएको हो 

पुस्तक विमोचन गर्दै इतिहासकार एवम् लेखक प्रा. डा राजेश गौतमले यथेष्ठ विषय पस्केकाले फुटुङ्गको इतिहास र परिवर्तनका विभिन्न पक्षलाई सरल भाषामा चित्रण गरिएको बताउनुभयो । पुस्तक प्रकारको साँस्कृतिक लघु विश्वकोष झै लागेको गौतमको भनाइ थियो । समारोहमा विकास अर्थशास्त्री प्रा. डा केशवराज खड्काले पुस्तकले स्थानीय संस्कृति र विकासको पाटो सरल तवरमा प्रस्तुत गरेको बताउँदै विकास र संस्कृतिलाई परिपूरकको रुपमा लिएर अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभयो । उहाँले पुस्तक स्थानीय विशिष्ट गन्थ्रको रुपमा आएको र अन्य समुदायलाई पनि यस प्रकारको पुस्तक प्रकाशन गर्न उत्साहित गर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा साहित्यकार लब गाउँले र डा.घनश्याम पुडासैनी, उद्यमी हरिकृष्ण रावल, संस्कृतिकर्मी भक्तीनारायण महर्जन, तारकेश्वर नगरपालिकाका प्रशासनिक प्रमुख शिव लम्साल लगायतले पुस्तकबारे चर्चा गर्नुभएको थियो ।
पुस्तकमा फुटुङ्गको इतिहास, संस्कृति र विकासका विविध पक्ष तथा बदलिएको जीवन र आगामी दिन गर्नुपर्ने बिषय समेटिएको लेखक फुटुङ्गको भनाइ छ । उहाँका अनुसार, फुटुङ्गको पहिचानलाई चिनाउने र फुटुङ्गको बारेमा लिखित सामग्रीको अभावलाई पूर्ति गर्ने प्रयास स्वरुप लामो समयको प्रयासपछि पुस्तक तयार भएको हो ।

पुस्तकमा फुटुङ्ग गाउँको इतिहास, धार्मिक र साँस्कृतिक पक्ष तथा २०४० को दशकमा गाउँको सामाजिक परिवेश अनि क्रमशः शहरी इलाका बन्दै गएको घटनाक्रमको चित्रण गरिएको छ । त्यस्तै, जीविकोपार्जन र फुटुङ्गको आधुनिक विकास, त्यसमा स्थानीय तह र विभिन्न संघसंस्थाको योगदानलाई समेत पुस्तकमा व्याख्या गरिएको छ ।

पुस्तकको पहिलो खण्डमा उक्त गाउँको ऐतिहासिकता, वस्ती विकास तथा विभिन्न जातिको बसाइसराइपछि आगमनका विविध पक्षलाई उतारिएको छ । लिच्छविकालमा अस्तित्वमा आएको मानिएको फुटुङ्गमा जातिय विविधतासहितको बसोबास रहेको पुस्तकले चर्चा गरेको छ । फुटुङ्गको पहिलो रैथाने मानिएका नेवार समुदायको धार्मिक चाडपर्व, जात्रा, संस्कृति, भजनलाई समेत छुट्टै खण्डमा चर्चा गरिएको छ । काठमाडौं उपत्यकाका अन्य ग्रामीण भेग जस्तै फुटुङ्गमा पनि नेवारी समुदायले बर्षभरि मनाउने जात्राका रोचक र ऐतिहासिक पक्ष पुस्तकको एउटा विशेषता हो । त्यस्तै, उनीहरुको परम्परा र गुठीसम्वन्धी ऐतिहासिक वर्णन पुस्तकमा पढ्न पाइन्छ । फुटुङ्ग क्षेत्रमा नेवार समुदायको ६ वटा गुठी प्रचलनमा रहेको विवरण पुस्तकमा छन् । प्राचीनकालदेखिका मठमन्दिर एवम् धरोहर संरक्षणका लागि भएका पहलसम्वन्धी विवरण पुस्तकमा समेटिएको छ । पुस्तकअनुसार फुटुङ्गमा १८ वटा मठमन्दिर छन् ।

कुनै समय कृषि पेशामा अंगाल्ने यस क्षेत्रका बासिन्दाहरुको जीवनशैलीमा आएको परिवर्तन र परिवर्तित सन्दर्भमा पुस्तान्तरणले पारेको प्रभाव र असरलाई पुस्तकले महत्व दिएको छ । त्यस्तै, फुटुङ्गमा शिक्षा शीर्षकको खण्डमा फुटुङ्गमा भएको शैक्षिक विकास र औपचारिक शिक्षाको संघर्षपूर्ण छ दशकको रुपमा चित्रण गरिएको छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रमाभएका परिवर्तनसंगै भौतिक विकासमा भएका उपलव्धि तथा सामाजिक संघसंस्थाको भूमिकाबारे चर्चा गरिएको पुस्तकले सामाजिक र चेतना विकासमा महत्वपूर्ण पहल भएपनि निरन्तरताको अभाव भएको यथार्थलाई औंल्याएको छ।

फेरिएको फुटुङ्ग शीर्षकको खण्डमा सडक, यातायात सञ्चालनबारे २०५० को दशकपछि भएका परिवर्तन तथा निजी घर र आवासमा भएको वृद्धि र शहरीकरणको घटनाक्रमको व्याख्या गरिएको छ । पहिला छुट्टै गाउँ विकास समिति भएकोमा संघीय प्रणाली लागू भएपछि अहिले तारकेश्वर नगरपालिकामा परेको फुटुङको स्थानीय विकास, कला संस्कृति र शैक्षिक–सामाजिक क्षेत्रमा योगदान गरेका व्यक्तिहरुको परिचय र कथालाई पुस्तकमा उतारिएको छ ।

भौतिक पूर्वाधारमा अघि बढेपनि समग्र विकासका लागि गर्नुपर्ने १७ वटा कामको सूचि राखेर पुस्तकलाई सामाजिक विकासको दृष्टिले महत्व दिन खोजिएको छ । स्थानीय चुनावको सन्र्दभमा आएको यस्तो सूचिले दलहरुलाई आफ्नो विकासको एजेण्डा बनाउनमा सहयोगी हुने विश्वास लेखक श्रीराम फुटुङ्गेको छ ।

विमोचन कार्यक्रममा फुटुङ्ग एवम् तारकेश्वरका बौद्धिक वर्ग लगायत, साहित्यकार लेखक, विकास पे्रमी तथा राजनैतिक दलका प्रतिनिधि एवम् संचारकर्मी गरी करिब १ सय ५० जना व्यक्तित्वको सहभागिता थियो । पुस्तक विमोचनका अवसरमा पुस्तकमा चर्चा गरिएका स्थानीय समुदायको परम्परागत बाजा तथा लोक भजनको समेत प्रस्तुति थियो । फुटुङ्गमा गरिएको पुस्तक विमोचन यो पहिलो हो ।

 

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९, १०:१२:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
  • तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
  • मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
  • गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
  • बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
  • गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान नुपुर बनर्जी भट्टाचार्यलाई
नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान नुपुर बनर्जी भट्टाचार्यलाई
प्रसिद्ध हास्यव्यङ्ग्यकार स्व. भैरव अर्यालको प्रतिमा अनावरण
प्रसिद्ध हास्यव्यङ्ग्यकार स्व. भैरव अर्यालको प्रतिमा अनावरण
‘अद्वितीय प्रतिविम्ब’ फेसन शो
‘अद्वितीय प्रतिविम्ब’ फेसन शो
पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो
पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो
अभिनेता पल शाहविरुद्ध बलात्कार मुद्दामा अभियोगपत्र दायर
अभिनेता पल शाहविरुद्ध बलात्कार मुद्दामा अभियोगपत्र दायर
  • ताजा समाचार
  • ट्रेण्डिङ
काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
निधि -देउवा भेटघाट, प्रेमबहादुरको निधनप्रति समवेदना व्यक्त
निधि -देउवा भेटघाट, प्रेमबहादुरको निधनप्रति समवेदना व्यक्त
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
गोरखामा कांग्रेसको लज्जास्पद हार:  सभापतिजी! कार्यकर्ता तिम्रा दास हुन्?   1
गोरखामा कांग्रेसको लज्जास्पद हार: सभापतिजी! कार्यकर्ता तिम्रा दास हुन्?  
ललितपुरमा कांग्रेसका चिरिबाबु तेब्बर मतले अगाडि 2
ललितपुरमा कांग्रेसका चिरिबाबु तेब्बर मतले अगाडि
कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी दोब्बर मतले अगाडि 3
कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी दोब्बर मतले अगाडि
जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता 4
जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता
शीर्ष नेताहरू कसले कहाँबाट गरे मतदान? 5
शीर्ष नेताहरू कसले कहाँबाट गरे मतदान?
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP